sowcos@gmail.com #
जलाधार व्यवस्थापन विना जलविध्युत परियोजना टिकाउ र भरपर्दो हुन सक्दैन
2021-06-29
Admin

जलाधार व्यवस्थापन विना जलविध्युत परियोजना टिकाउ र भरपर्दो हुन सक्दैन

नदी तथा खोलाहरुमा पानी वढी भयोभने विध्युत गृहवाट लक्ष्य गरे अनुसारको वढी विध्युत उत्पादन     हुन्छ । यसको लागि नदी वा खोलाको पानी गेग्रान न्यूनतम भएको हुनु पर्दछ । वर्षायाम शुरुसंगै भूक्षय र पैह्रोले गर्दा गेग्रान सहितको धमिलो पानी वग्न थाल्दछ । धमिलो तथा गेग्रान सहितको पानीले विध्युत उत्पादनको लागि वनाइएका संरचना तथा जडित यन्त्रहरुलाई हानी पुराइ आयोजनाको आयु घटाइ दिने भएको कारण विध्युत गृहहरु बन्द गर्नु पर्ने अवस्था आउँछ र उत्पादन घट्नजान्छ । जलाधार व्यवस्थापन गरिएको खण्डमा भूक्षय न्यूनीकरण भइ पानीसँगै बगेर आउने गेग्रान न्यूनतम हुनेहुँदा  विध्युत उत्पादनको लागि उपयुक्त हुन्छ । यसबाट के सावित हुन्छ भने जलाधार व्यवस्थापनलाई महत्व नदिइकन जल विध्युत उत्पादन टिकाउ र भरपर्दो हुन सक्दैन ।

जलाधार व्यवस्थापन जल विध्युत आयोजनाको एक अभिन्न अंग हुनु नितान्त अवश्यक छ । राज्यले यसलाई अंगिकार गरी प्रत्येक जल विध्युत आयोजनाको कुल लागतको एक निश्चित अंश जलाधार व्यवस्थापनमा लगानी गर्ने नीति तर्जुमा गर्नु पर्दछ । यसो भएमा मात्र नेपालका जल विध्युत आयोजनाहरुले टिकाउ, दीगो, भरपर्दो र लक्षित उत्पादन दिन सक्ने हुँदा लागतको निश्चित रकम जलाधार व्यवस्थापन कार्यक्रमको लागि छुट्याई जलाधार व्यवस्थापनमा ध्यान दिन भू तथा जल संरक्षण समाज नेपाल सम्वध्द निकाय तथा सरकारसँग अनुरोध गर्दछ ।

केशरमान स्थपित
अध्यक्ष
भू तथा जल संरक्षण समाज नेपाल ।